हेटौंडा। हेटौंडाका एक जना समाजसेवीले ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेका छन्। रु एक करोड ५० लाखको ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेका हुन्।
हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाको नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन्। सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे।
सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुटेका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको हो।