काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व कार्य समिति सदस्यद्धय एवं एसोसिएट सदस्य महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्न प्रा.लि का संचालकद्धय राजेन्द्र मानन्धर, जीवन मानन्धर र सोही कम्पनीका संचालक विजय मानन्धरलाई मातृशोक परेको छ।
मानन्धर दाजुभाईकी माता हरिमाया मानन्धरको गत मंगलबार निधन भएको हो। मानन्धरको निधनप्रति महासंघले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।