पोखरा । विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेशका तीन वटा सरकारी निवासको विद्युत लाइन काटेको छ। प्राधिकरणले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटेको हो।
विद्युत् महसुल समयमा नबुझाएपछि कार्यालयको विद्युत् लाइन काटिएको प्राधिकरणले जनाएको छ । तीन वटै निवासले २ लाख ५६ हजार भन्दा बढी रकम तिर्न बाँकी छ ।
प्रदेश प्रमुख निवासको ८६ हजार, आन्तरिक मामिला मन्त्रालयको निवासले ७७ हजार तथा भौतिक पूर्वाधार मन्त्रालयको निवासले ९१ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ ।