काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्रीले आगामी पुष २८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।
कम्पनीका अनुसार पुस १६ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुनेछ ।
साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।