काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्तावसहित साधारण सभा डाकेको छ। पुस २७ गते हुने साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव पारित गर्ने भएको छ।
कम्पनीले गत आर्थिक वर्षका लागि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश मध्ये १३ प्रतिशत बोनस सेयर वितरण गर्ने छ भने ०.६८ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ।
लाभांश वितरण तथा साधारण सभाका लागि कम्पनीले पुस १६ गते बुक क्लोज मिति तोकेको छ। कम्पनीले अघिल्लो वर्ष ११ प्रतिशत बोनस सेयर तथा ०.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।