काठमाडौं। नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तिलकराज पाण्डेय नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयले पाण्डेयलाई चार वर्षका लागि नियुक्त गरेको हो।
सीइओको प्रतिस्पर्धामा पाँच जना थिए। जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको हो।
सीइओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए। खुला प्रतिस्पर्धाबाट सीइओ छनोटका लागि बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।