काठमाडौं। नागरिक लगानी कोषले एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ।
कम्पनीले २ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो। सेयर मूल्य प्रति कित्ता न्यूनतम ८०० रुपैयाँका दरले २५ हजार कित्ता बिक्री खुला गरेको हो।
तोकिएको मूल्यभन्दा कममा आवेदन दिन पाइँदैन। निवेदन दिँदा न्यूनतम १ हजार कित्ताका लागि दिनुपर्ने छ।
सो सेयर खरिद गर्न इच्छुकले पुस १६ गते कार्यालय समयभित्र गोप्य सिलबन्दी पेस गर्न सक्नेछन्। बोलपत्र फाराम एनआईसी एसिया क्यापिटलसहित बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिन्छ।