सिराहा। नेपाल निर्माण व्यवसायी संघ लहान सिराहाका जिल्ला कार्यसमितिमा अजयबहादुर राउत (अञ्जय) को पूरै प्यानल निर्वाचित भएको छ। संघको १२औँ वार्षिक साधारणसभा तथा अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार राउतको प्यानल विजयी भएको हो।
आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्ष राउत, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, कोषाध्यक्ष तथा सहकोषाध्यक्षसहित सातजना पदाधिकारी तथा ६ जना सदस्य गरी १३ सदस्यीय प्यानल निर्वाचित भएको निर्वाचन अधिकृत पर्शुराम निरौलाले जानकारी दिए।
अध्यक्ष राउत २१ मतान्तरले विजयी भएका हुन्। उनले ९१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले ७२ मत ल्याएका छन्।