मुगु। जिल्ला प्रहरी कार्यालय मुगुको आफ्नै भवन निर्माण भएको छ । प्रहरी कार्यालय स्थापना भएको ५८ वर्षपछि आफ्नै सुविधायुक्त भवन निर्माण गरिएको हो।
कार्यालय भवन, हिरासत भवन, इन्चार्ज कक्ष, भान्साघर, आवासगृह र शौचालयसहितको नवनिर्मित भवन आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले लामो समयपछि हिमाली जिल्ला मुगुमा सुविधायुक्त जिप्रका भवन निर्माणले सुरक्षाकर्मीहरुलाई सहज भएको बताए । उनले नयाँ भवन निर्माण कार्यले प्रहरी जवानमा उत्साह बढेको देखिएको समेत बताए।
भवन निर्माणको लागि २ करोड ५८ लाख २० हजार ४ सय र हिरासत कक्ष, इन्चार्ज कक्ष, भान्सा तथा आवासगृह शौचालयलगायत भवनमा ४ करोड ५६ लाख ६३ हजार रुपैयाँ बजेट खर्च भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
संघीय सरकारको बजेटबाट २०७८ बाट काम प्रारम्भ गरी ०८० निर्माण सम्पन्न गरिएको हो ।