काठमाडौं। प्रभु हेलिकोप्टर लिमिटेडले साढे ६ करोड बराबरको आइपीओ जारी गर्ने भएको छ। कम्पनीले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको हो।
६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गर्ने कम्पनीले जनाएको छ। कम्पनीले सर्वसाधारणलाई सेयर बेच्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बनाइएको जनाएको छ।
बिक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा प्रभु हेलिकोप्टरका तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
व्यावसायिक योजनाअनुसार सर्वसाधारणमा आइपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकोप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ।