काठमाडौं। अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। युरोपियन युरोको भाउ थौरै बढ्दा र बेलायती पाउण्ड स्टर्लिङको दर भने थोरै घटेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.३३ रुपैयाँ र खरिद दर १३२.७३ रुपैयाँमा स्थिर छ।
यस्तै, आज १ युरोको बिक्री दर १४६.८६ रुपैयाँ र खरिद दर १४६.२० रुपैयाँ रहेको छ। हिजो १ युरो १४६.८२ रुपैयाँमा बिक्री भएको थियो।
हिजो १ पाउण्डको बिक्री दर १६९.३५ रुपैयाँ रहेकोमा आज १६९.२९ रुपैयाँ कायम भएको छ। आज १ पाउण्डको खरिद दर १६८.५३ रुपैयाँ रहेको छ।