काठमाडौं। हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। १५ लाख ६४ हजार ५६४ आवेदकलाई आईपीओ बाँडफाँट गरिएको हो।
१५ लाख ७३ हजार २१९ वटा आवेदन परेकामा ८ हजार ६५५ आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
१० देखि ३० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार सेयर पाएका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता सेयर पाएका छन्।
कम्पनीले मंसिर २७ गते प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको थियो।