काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३३.०६ रुपैयाँ रहँदा बिक्री दर १३३.६६ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४२ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४७.०८ रुपैयाँ कायम भएको छ। बिक्री दर १४७.७५ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४६.२७ रुपैयाँ र बिक्री दर १४६.९४ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६९.४० रुपैयाँ र बिक्री दर १७०.१६ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.६१ रुपैयाँ र बिक्री दर १६९.३७ रुपैयाँ थियो।