काठमाडौं। काठमाडौंको बानेश्वरमा ढल निर्माणको काम गरिरहँदा पुरिएका एक मजदुरको उद्धार गरिएको छ। मंगलबार राति ११:४३ बजे काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार गरिएको हो।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम घर भइ काठमाडौंको गौशाला बस्ने २५ वर्षीय योज्ञेन्द्र लिम्बूको उद्धार गरेको हो । काठमाडौं प्रहरीका अनुसार ढलको मंगलभित्र रहेका बेला अचानक माटोको ढिस्को खसेर लिम्बू पुरिएका थिए । सो सूचना प्रहरीलाई पुग्नासाथ खटिएको प्रहरी टोलीले मंगलबार उद्धार गरेको थियो ।
सामान्य घाइते अवस्थामा उद्धार गरिएका लिम्बूको बानेश्वर फ्रन्टलाइन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।