काठमाडौं। सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ।
हकप्रद सेयर निष्कासनका लागि पुस ११ गते बोर्डबाट अनुमति पाएको जानकारी कम्पनीले बिहिबार नेपाल स्टक एक्सचेन्जलाई गराएको छ। नेप्सेमा हाल सिंगटी हाइड्रोपावरको १ करोड ४५ लाख कित्ता सेयर सूचीकृत छ।