पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर घाईते भएका छन् । बर्दघाट नगरपालिका–१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किँदा दश जना मजदुर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उद्योगको संरचना निमार्णको काम भइरँहदा क्रेनले ट्रष्टमा ठक्कर दिँदा घटना भएको जनाएको छ।
घाईते मध्ये ९ जनाको चौपत्ता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भईरहेको छ । एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते एक जनालाई थप उपचारको लागि युनिर्भसल मेडिकल कलेज रुपन्देही पठाईएको छ ।