काठमाडौं । आज अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ।
हिजो १३३.६६ रुपैयाँ बिक्री दर तय भएको १ अमेरिकी डलरको बिक्री दर आज १३३.३७ रुपैयाँ रहेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३२.७७ रुपैयाँ छ।
आज १ युरोको बिक्री दर १४८.३३ र खरिद दर १४७.६७ रुपैयाँ तय भएको छ। हिजो १ युरोको बिक्री दर १४७.७५ रुपैयाँ थियो।
यस्तै, हिजो १७०.१६ रुपैयाँमा बिक्री भएको पाउण्डको आज १७०.६१ रुपैयाँ पुगेको छ। आज १ पाउण्डको खरिद दर भने १६९.८५ रुपैयाँ रहेको छ।
क्यानेडियन डलरको भाउ पनि आज घटेको छ। हो १ क्यानेडियन डलरको बिक्री दर १०१.२७ रुपैयाँ रहेकोमा आज १००.९० रुपैयाँ तय भएको छ।