काठमाडौं। लाभांश वितरणको प्रस्तावसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साधारण सभा आह्वान गरेको छ। नेप्सेले पुस २९ गते आइतबार साधारण सभा आह्वान गरेको हो।
नेप्सेले यसअघि नै चुक्ता पुँजीको ६४ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको थियो।
साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। नेप्सेले पोहोर लगानीकर्तालाई १०० प्रतिशत लाभांश वितरण गरेको थियो।