काठमाडौं। वैदेशिक रोजगार विभाग इपिएस शाखा अगाडी प्रदर्शन गरिरहेका प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन्।
दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित 'सीप बिल्डिङ' मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि प्रदर्शन गरिरहेका विद्यार्थीले मन्त्रीको गाडीमा आगजनी गरेका हुन्।
प्रदर्शनकारीले मन्त्री ज्वालालाई गाडीबाट निकालेर गाडीको हावा खुस्काएर अगजनी गरेका हुन्।