डोटी। डोटीको बडिकेदार गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ३ करोड ५७ लाख लागतमा निर्माण भइरहेको भवनको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको हो।
तीन तलाको पक्की भवनको प्राबिधिक स्टिमेट भएपनि हाल दुई तलामात्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । प्रशासनिक भवनमा २० कोठासहित एउटा हल रहेको निर्माण कम्पनीले जनाएको छ।
२०७८ असारमा गाउँपालिकाले निमार्ण कम्पनी सनलाईट कन्स्ट्रक्सन प्रालि अछाम सँग ३ करोड ५७ लाख ४७ हजार ७२८ रुपैयामा सम्झैता गरेको थियो ।
निर्माण कम्पनीले २०७९ पुस मसान्त सम्म भवन निर्माण गरिसक्ने गरेर सम्झैता गरेको भए पनि विविध कारणले भवनको निर्माणमा ढिलाइ भएको र अहिले भवन निर्माण कार्य अन्तिम चरणमा रहेको निर्माण कम्पनीले जनाएको छ ।