काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका भूभागमा बिहानीपख हुस्सुरकुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।