काभ्रे। रोशी गाउँपालिकाका १२ वटै वडामा प्रशासनिक भवन निर्माण भएका छन् । केही वडामा निर्माण सम्पन्न भएर सेवा सुरु भइसकेको छ भने केहीमा भर्खरे उद्घाटन भएका हुन्।
केहीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिका ६ को प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएसँगै आइतबार उद्घाटन गरिएको हो।
प्रशासनिक भवन उद्घाटन गर्दै वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईंमन्त्री तीर्थ लामाले विकासका कार्यहरु वडास्तरबाटै प्रारम्भ भएकोमा खुसी व्यक्त गरे । त्यस्तै, वाग्मती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले रोशीमा तीव्र गतिमा विकासका कार्यहरु अघि बढेको बताए ।
रोशी गाउँपालिका ६ मा नवनिर्मित प्रशासनिक भवन जिल्ला समन्वय समितिसंँगको लागत साझेदारीमा ९६ लाख रुपैयाँको लागतमा भवन र घेराबार सम्पन्न भएको हो ।