काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आफ्नो सेयरधनी सदस्यका निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझबाट सकिन लागेको हो।
कम्पनीले १ः२ को अनुपातमा हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि(आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको अन्नपुर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् सञ्चालनमा छ ।