काठमाडौं। युनिटेक हाइड्रो पावर कम्पनी लिमिटेड र लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डबीच रणनीतिक लगानी सम्झौता भएको छ। फण्डले ताप्लेजुङमा दुई आयोजना निर्माण गरिरहेको कम्पनीमा रणनीतिक लगानी गर्ने गरी दुई कम्पनीबीच सम्झौता भएको हो।
यो फण्ड लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । १ अर्ब रुपैयाँ आकारको यो फण्डले जलविद्युत्, सौर्य र वायु ऊर्जा लगायत दीगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।
युनिटेक हाइड्रो पावरले ताप्लेजुङमा ५.८ मेगावाट क्षमताको माथिल्लो फवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीसँग थप १५ मेगावाटको मध्य इङ्वाखोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पनि अघि बढाएको छ ।