काठमाडौं। सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्न लागेको हो ।
बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको शतप्रतिशत हकप्रद शेयर खरीद गर्न सक्नेछन् । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ करोड ४५ लाख रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।