काठमाडौं। सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थोरै बढेको छ। हिजो १३३.४४ रुपैयाँ बिक्री दर रहेको अमेरिकी डलरको आज १३३.४९ रुपैयाँ कायम भएको छ। १ अमेरिकी डलरको खरिद दर भने आज १३२.८९ रुपैयाँ रहेको छ।
आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्यमा पनि सामान्य बढोत्तरी भएको छ। हिजो १ युरोको बिक्री दर १४७.२८ रहेकोमा आज बिक्री दर १४७.३३ रुपैयाँ र खरिद दर १४६.६७ रुपैयाँ तय भएको छ।
यस्तै, आज १ पाउण्डको खरिद दर १६९.१८ रुपैयाँ र बिक्री दर १६९.९५ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको बिक्री दर १६९.८८ रुपैयाँ थियो।