काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ। पुस १६ गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णयले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर तथा नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीको संचालक समितिले कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। सो लाभांश मध्य ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख बराबरको बोनस सेयर दिने निर्णय बैठकले गरेको छ।
यस्तै, बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२६ प्रतिशतले हुन आउने ९८ लाख ६८ करोड बराबरको नगद लाभांश दिने भएको छ।