काठमाडौं। कस्मिक इलेक्ट्रिकल लिमिटेडका अध्यक्ष महेश महतो विश्वको सर्वोत्कृष्ट उदयीमान उद्यमीको रूपमा सम्मानित भएका छन् । नेपाली उद्यमी महतो बेलायती संसदको माथिल्लो सदन (हाउस अफ लर्डस) को लन्डन वेष्ट–मिनिष्टर भवनमा सम्पन्न एक कार्यक्रममा ‘उदयीमान उद्यमी अवार्ड’ द्वारा सम्मानित भएका हुन् ।
हाउस अफ लर्डसमा बर्सेनी योजना हुँदै आएको उक्त कार्यक्रममले विश्वव्यापी रूपमा ख्यातीप्राप्त नेता तथा व्यक्तित्वको योगदानको कदर स्वरूप उनीहरूलाई सम्मान गर्दै आएको छ ।
विश्वव्यापी उदयीमान उद्यमीको रूपमा यो सम्मान पाउँदा गौरवान्वित र कृतज्ञ महतोले बताए। उनले यो पुरस्कार वृत्ति विकासमा कोशेढुङ्गाको रूपमा रहने समेत बताए।