काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९५ रुपैयाँ रहँदा बिक्री दर १३३.५५ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ र बिक्री दर १३३.६२ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४५.२२ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.८८ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४६.०३ रुपैयाँ र बिक्री दर १४६.६९ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६७.८३ रुपैयाँ र बिक्री दर १६८.५९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.५४ रुपैयाँ र बिक्री दर १६९.३० रुपैयाँ थियो।