काठमाडौं। ‘तेस्रो लगानी सम्मेलन २०८१’ वैशाखको दोस्रो साता हुने भएको छ। सरकारले बैशाख १६ र १७ गते काठमाडौंमा ‘तेस्रो लगानी सम्मेलन २०८१’ आयोजना गर्ने भएको हो ।
यसअघि बैशाख ९ र १० गते तय भएको सम्मेलन एक साता पछि धकेलिएको हो ।
विदेशी लगानीमा मात्रै केन्द्रित नभएर स्वदेशी, गैरआवासीय नेपाली लगायतबाट लगानी ल्याउनका लागि आयोजना गर्न लागिएको सम्मेलन एक साता पछि धकेलिएको हो । लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक बुधबार अर्थ मन्त्रालयमा बस्दैछ ।
लगानी सम्मेलनका लागि अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ । उक्त निर्देशक समितिको पहिलो बैठक मंसिर १० गते बसेको थियो ।
सम्मेलनले ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका क्षेत्रमा मद्दत पुर्याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम भइरहेको जनाइएको छ ।