सुनसरी। केशलिया–बुढीखोला करिडोरमा बाँध निर्माण गरिने भएको छ। सुनसरीको दुहबी नगरपालिका, बर्जु गाउँपालिका र बुढीगंगा गाउँपालिका एवं विराटनगनगर महानगरपालिकालाई छुने गरी केशलिया–बुढीखोला करिडोरमा बाँध निर्माण गरिने भएको हो।
बाँध निर्माण गर्नेबारे हालै अध्ययन गरी अध्ययनमा संलग्न महेन्द्र सुब्बा र प्रशान्त मल्लले प्रतिवेदन तयार गरी कोशी प्रदेश सरकारलाई बुझाइसकेका छन्।
उक्त परियोजनाको लागत एक अर्ब ३२ करोड रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।
आगामी तीन वर्षमा सम्पन्न गरिने जनाइएको उक्त परियोजनाले सुनसरीको दुहबीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण गर्नेछ।
यसका साथै खोलामा बाँध निर्माण र आसपास क्षेत्रको सौन्दर्यीकरण पनि गरिने जनाइएको छ। स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरिएको छ।