काठमाडौं। सशस्त्र प्रहरी बल नम्बर ३३ गण त्रिपुरा जुम्लाको सुविधायुक्त भवन निर्माण गरेको छ। साढे चार करोड बढीको लगानीमा उक्त भवन निर्माण भएको हो।
कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवासलगायतका संरचना कुल चार करोड ५२ लाख रुपैयाँ लगानीमा निर्माण भएको बताइएको छ। भवन निर्माणको सबै बजेट संघीय सरकारको हो ।
निर्माण कम्पन्नीले अझै एक करोड ११ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ । ठेक्का सम्झौता बजेटको अलवा एसपी चेतराज जोशीले आठ पालिका, सरकारी कार्यालय र व्यापारीबाट सहयोग जुटाएर गेट निर्माण, घेराबार, खानेपानी, बाटो, विद्युत विस्तारलगायतका संरचना निर्माण गरेका छन् ।
जग्गा निःशुल्क प्रदान, भवन शिलन्यासदेखि निर्माण हुन्जेलसम्म तातोपानी गाउँपालिकाले विशेष सहयोग गरेको हो। भवनबाहेकका संरचना बनाउन कनकासुन्दरी र गुठिचौरबाहेक तातोपानीले पाँच लाख, हिमाले पाँच लाख, चन्दननाथले पाँच लाख, सिंजाले दुई लाख र पातारासी गाउँपालिकाले साढे दुई लाख सहयोग गरेका थिए ।