काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।
पुस २२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृत गर्नुका साथै कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
कम्पनीले पोहोर १०.५२ प्रतिशत नगद लाभांश दिएको थियो।