काठमाडौं। नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमन)को अध्यक्षमा कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन्। चितवनको सौराहामा सम्पन्न संघको २३औं साधारणसभाबाट पराजुली निर्वाचित भएका हुन् ।
सौर्य इनर्जी प्रालिका प्रबन्ध निर्देशक पराजुलीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा हरिनारायण गौतम, प्रथम उपाध्यक्षमा ओम बहादुर खत्री निर्वाचित भएका छन् ।
त्यसैगरी, द्धितिय उपाध्यक्षमा दिपेन्द्रप्रसाद सिटौला, संघको महासचिवमा दिपक गौतम, सचिवमा सुदर्शन बानियाँ र कोषाध्यक्षमा राजकुमार क्षेत्री चयन भएका छन् ।
संघको सदस्यमा राजेन्द्रबहादुर खड्का, ज्ञानु शाह, बुद्धिराज तिमल्सिना, भानुभक्त पौड्याल, रामप्रसाद कोइराला, रामेश्वर वाग्ले, भरत नेपाल निर्वाचित भएका छन् ।
सौर्य विद्युत् उत्पादक संघ सौर्य उर्जाको क्षेत्रमा काम गर्ने नीजि क्षेत्रको साझा संस्था हो ।