काठमाडौं। माउन्टेन इनर्जी नेपालले आफ्ना सेयरधनी सदस्यका लागि १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद लाभांश र १५.७८९५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय अनुसार १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले लाभांश वितरणका लागि प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यका लागि लाभांश वितरण गरिनेछ ।
कम्पनीको म्याग्दी जिल्लामा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।