काठमाडौं। जडीबुटीमा रहेको एक स्पा सेन्टरमा आगलागी भएको छ । मङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा प्रि अप माइन्ड मसाज सेन्टरबाट आगोलागी भएको हो।
भवानी गौतमको घरको पहिलो तलामा रहेको नवीना खत्रीले सञ्चालन गरेको मसाज सेन्टरबाट आगो सल्किएको प्रहरीले जनाएको छ।
विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् । आगलागीबाट करिब २६ लाखको क्षति भएको अनुमागन गरिएको छ।