सोलुखुम्बु। सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माणको काम रोकिएको छ। मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि यहाँको विकास योजनाका काम रोकिएको हो ।
खुम्बुको माथिल्लो क्षेत्रमा हिउँ जमेका कारण विकास निर्माणमा कङ्क्रिटका काम गर्न नसकिएको हो। यहाँ हिउँ नपग्लेसम्म काम सुरु हुने अवस्था नरहेको बताइएको छ।
रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट हिउँ पग्लिन थालेपछि मात्र सुरु हुने बताइएको छ।
हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन योजनालगायतका काम रोकिएको छ
पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पूरै ढाक्नुका साथै चिसोले जमिन नै जम्ने भएकाले यस क्षेत्रमा विकास निर्माणले गति लिन नसक्नेको हो ।