बुटवल। बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत आइतबार बुटवल उपमहानगरपालिका–५ हाटबजार लाइनका तीनवटा टहरा र नेपालगन्ज रोडको एउटा टहरा भत्काइएको छ । सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटकपटक पत्राचार गरे पनि स्वतःस्फूर्त टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको हो।