काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीमा आफ्नो नाममा रहेकोमध्ये १५ लाख कित्ता सेयर विशाल ग्रुपले बिक्रीमा राखेको छ।
ग्रुपको नाममा रहेकोमध्ये १५ लाख कित्ता संस्थापक सेयर मंगलबार बिक्रीमा राखिएको हो।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाट आवेदन मागेको छ ।
सेयर खरिदका लागि इच्छुक संस्थापकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।