काठमाडौं। आज १ अमेरिकी डलरको मूल्य १३३.२९ र खरिद दर १३२.६९ रुपैयाँ तय भएको छ। पछिल्लो केही दिन यता अमेरिकी डलरको मूल्य घट्दै गइरहेको हो। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.३३ रुपैयाँ थियो।
आज युरोपियन युरोको मूल्य घट्दा बेलायती पाउण्ड स्टर्लिङको दरमा भने सामान्य बढोत्तरी आएको छ। आज १ युरोको बिक्री दर १४५.७५ रुपैयाँ र खरिद दर १४५.०९ रुपैयाँ रहेको छ। हिजो १ युरोको बिक्री दर १४५.९० रुपैयाँ थियो।
यस्तै, हिजो १६९.४८ मा बिक्री भएको पाउण्डको आज १६९.५० रुपैयाँ छ। पाउण्डको खरिद दर भने आव १६८.७४ रुपैयाँ छ।