काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.५६ रुपैयाँ रहँदा बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.६९ रुपैयाँ र बिक्री दर १३३.२९ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४५.०९ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.७४ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४५.०९ रुपैयाँ र बिक्री दर १४५.७५ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६२ रुपैयाँ र बिक्री दर १६९.३८ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.७४ रुपैयाँ र बिक्री दर १६९.५० रुपैयाँ थियो।