रुकुम पश्चिम । भूकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका केही घरधनीहरूलाई घर बीमा बापतको रकम हस्तान्तरण गरिएको छ। युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी सुर्खेतले घर बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।
चौरजारी स्थित लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख प्रमुख सुधीर शाह र युनाइटेड अजोडका तर्फबाट सुर्खेत शाखा प्रमुख धिरेन्द्र कुमार शाहीले चेक हस्तान्तरण गरेका छन्। चौरजारी नगरपालिका भित्र धनजनको क्षती भएकाहरूको घरदैलोमै पुगेर सम्पत्ति बीमालेख अन्तर्गत घर बीमा दाबी रकम हस्तान्तरण गरिएको हो ।
नौ जनालाई ११ लाख बराबरको दाबी बीमा दिइएको त्यसमध्ये एक जना मुसिकोट नगरपालिकाका प्रभावित पनि रहेको बताइएको छ।