काठमाडौं। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दाङको भालुवाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ११ पुरुष र एक महिला छन्। शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। दुर्घटनामा अन्य १९ जना घाइते छन्।
प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारार्थ पुर्याइएका घाइतेमध्ये केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ।