काठमाडौं। पालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फनकार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ। ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरू प्रतिको रूची तथा चाहनाहरूलाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ ।
मेला यहि पौष २७ गते देखि पौष २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडिङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंजमा आयोजना गरिएको हो ।
फनकार्निभल ३।० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रूपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज,सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन ।