चितवन। भरतपुरमा आधुनिक प्रविधि सहितको सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिएको छ। नेसनल मेडिकल सिटी अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको हो।
५५ शय्याको भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको छ। अस्पतालका व्यवस्थापनका अनुसार भवन तथा शहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार ७ तले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
२०० जना शेयर धनी रहेको अस्पतालको संस्थागत शेयर धनीका रूपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । यसको लगानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने बताइएको छ।
१३ वर्षअघि ५ करोड रुपैयाँको लागतमा नारायणगढमा स्थापना गरिएको अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करीब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने बताइएको छ।