काठमाडौं। पछिल्लो केही समयदेखि अमेरिकी डलरको मूल्य घटिरहेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३२.९८ रुपैयाँ रहेकोमा खरिद दर १३२.३८ रुपैयाँ तय भएको छ।
आज १ युरोको खरिद दर १४५.०१ रुपैयाँ र बिक्री दर १४५.६७ रुपैयाँ रहेको छ। बेलायती पाउण्ड स्टर्लिङको बिक्री दर भने आज १६९.४५ रुपैयाँ र खरिद दर १६८.६९ रुपैयाँ रहेको छ।
शुक्रबार १००.१७ रुपैयाँमा बिक्री दर तय भएको सिंगापुर डलरको मूल्य भने आज आज ९९.८६ रुपैयाँ छ।