काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा भगवती रेग्मी र निशा वाग्ले निर्विरोध निर्वाचित भएका छन्। संस्थाको पाँचौँ वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट रेग्मी र वाग्लेलाई चयन गरेको हो।
कोहलपुरस्थित होटल ट्रिटप ह्याभेनमा अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा सधारण सभा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।