काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.३८ रुपैयाँ रहँदा बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४४.९७ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.६३ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४५.०१ रुपैयाँ र बिक्री दर १४५.६७ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.८३ रुपैयाँ र बिक्री दर १६९.६० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.६९ रुपैयाँ र बिक्री दर १६९.४५ रुपैयाँ थियो।