काठमाडौं। सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यहरूका लागि ६ प्रतिशत नगद लाभांस पारित गरेको छ । हाइड्रोको पुस २७ गते भएको १९औं साधारणसभाले आर्थिक वर्ष २०७९र८० को चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश पारित गरेको हो।
सभाले ५ करोड १० लाख रुपैयाँ नगद लाभांस पारित गरेको कम्पनीले जनाएको हो।
सभाले वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफारनोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गरेको छ । सभाबाट पारित भएको लाभांस लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना सञ्चालनमा छ ।