काठमाडौं। आज अमेरिकी डलरको मूल्यसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३२.९२ रुपैयाँ र खरिद दर १३२.३२ रुपैयाँमा छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३२.९८ रुपैयाँ र खरिद दर १३२.३२ रुपैयाँ थियो।
आज १ युरोको बिक्री दर १४५.४९ रुपैयाँ र खरिद दर १४४.८४ रुपैयाँ तय भएको छ। हिजो १ युरोको बिक्री दर १४५.६३ रुपैयाँ थियो।
यस्तै, हिजो १६९.६० रुपैयाँमा बिक्री भएको पाउण्डको दर आज घटेर १६९.१९ रुपैयाँ कायम भएको छ। आज १ पाउण्डको खरिद दर भने १६८.४३ रुपैयाँ छ।